• २०८१ बैशाख ७ शुक्रबार

मौरिससविरुद्धको नेपाली प्लेइङ एघारमा को को छन् ?

kharibot

फाइल तस्बीर

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा आज अफ्रिकी राष्ट्र मौरिससविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मौरिससविरुद्धको खेल ४:४५ बजे सुरु हुनेछ ।

नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेल्न लागेको हो । नेपालले मौरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण भने मंगलबार खेल्नेछ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले मरिससविरुद्ध खेलका लागि किरण चेम्जोङको कप्तानीमा प्लेइङ-११ को घोषणा गरेका छन् ।

नेपालको प्लेइङ-११ :

गोलकिपर- किरण लिम्बु ।
डिफेन्डर- गौतम श्रेष्ठ, दिनेश राजवंशी,देवेन्द्र तामाङ,सुमन अर्याल ।
मिडफिल्डर -सुरज ठकुरी, सुमन लामा, तेज तामाङ ।
फरवार्ड- अन्जन विष्ट, विमल घर्ति मगर, सुनिल बल ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै