• २०८१ बैशाख ४ मंगलबार

दुर्घटनामा बालिकाको मृत्यु

kharibot

प्रतिनिधि तस्बीर

झापा । कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् । 

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

घरअगाडि पार्किङ गरेर राखिएको ट्र्याक्टर स्टाट गर्ने क्रममा ट्र्याक्टरमुनि खेल्दै गरेकीआरुची घाइते भएकी हुन् । उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै