काठमाडौँ । दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनौट अन्तर्गतको खेलमा पेरुले कोलम्बियामाथि जित हासिल गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा पेरुले कोलम्बियालाई १-० गोल अन्तरले परजित गरेको हो ।
पेरुको जितमा एडिसन फ्लोरेजले खेलको ८५औ मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि पेरु दक्षिण अमेरिकी विश्वकप छनौट तालिकाको चौथो स्थानमा उक्लिएको छ । यो जितपछि पेरुले विश्वकप छनौटको सम्भावना बढाएको छ ।
पेरुको १५ खेलमा २० अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ ।
त्यस्तै कोलम्बियाको १५ खेलमा १७ अंक रहेको छ र छैटौ स्थानमा रहेको छ ।
दक्षिण अमेरिकी क्षेत्रबाट शिर्ष स्थानमा रहेको ब्राजिल र दोस्रो स्थानमा रहेको अर्जेन्टिना यसअघिनै कतार विश्वकपमा छनौट भैसकेका छन् । दक्षिण अमेरिकी क्षेत्रबाट शिर्ष चारमा रहेका टिम सिधै विश्वकपमा छनौट हुने छन् भने पाँचौ टिमले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने छ ।