• २०८१ बैशाख १३ बिहीबार

भारतमा एकैदिन ८७१ जनाको मृत्यु, २ लाख ३५ हजार संक्रमित

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको देखिएको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ३५ हजार ५३२ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ८७१ जनाको मृत्यु भएको छ । 

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १३.३९ प्रतिशत रहेको छ । 

त्यस्तै भारतमा एकै दिन ३ लाख ३५ हजार ९३९ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको घटिरहेको छ । हाल भारतमा कुल सक्रिय संक्रमितको संख्या २० लाख ४ हजार ३३३ रहेको छ ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९३ हजार १९८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै