• २०८१ बैशाख ६ बिहीबार

काठमाडौँ उपत्यकामा थपिए २९४० संक्रमित

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २९४० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा २१५३   जना, ललितपुरमा ५१९ जना र भक्तपुरमा २६८ जना गरि कुल २९४० जना संक्रमित थपिएका हुन् ।

त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ५४ हजार ३५ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ३८ हजार २२,  ललितपुर जिल्लामा १० हजार ३१९ र भक्तपुर जिल्लामा ५ हजार ६९४ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४ हजार ८०७ र एन्टीजेन परिक्षणबाट २०२० गरि कुल ६ हजार ८२७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४३२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १३९  जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ७९१ पिसिआर र ६०७८ नमुना एन्टीजेन परिक्षण गरि कुल १९ हजार ८६९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८९ हजार ९४१ पुगेका छन् । त्यस्तै आइसीयुमा २५६ जना छन् भने देशभर ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १८५७ जना छन् भने होम आइसोलेसनमा ८८ हजार ८४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै