• २०८१ बैशाख ७ शुक्रबार

नेपालमा २४ घण्टामा १० जनाको मृत्यु, ६ हजार ८२७ संक्रमित थपिए

kharibot

काठमाडौँ । नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४ हजार ८०७ र एन्टीजेन परिक्षणबाट २०२० गरि कुल ६ हजार ८२७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५४३२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १३९  जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ७९१ पिसिआर र ६०७८ नमुना एन्टीजेन परिक्षण गरि कुल १९ हजार ८६९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८९ हजार ९४१ पुगेका छन् । त्यस्तै आइसीयुमा २५६ जना छन् भने देशभर ४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १८५७ जना छन् भने होम आइसोलेसनमा ८८ हजार ८४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै