• २०८१ बैशाख १३ बिहीबार

दस्तावेज प्रविधि मैत्री नहुँदा सेवा प्रवाहमा समस्या

kharibot

पर्सा । पर्साको वीरगञ्जस्थित नापी कार्यालयको दस्तावेज प्रविधि मैत्री नहुदा सेवा प्रवाहमा समस्या हुँदै आएको  छ । डिजिटल युगमा अझै पनि पुरानै शैलीमा कागजपत्र तथा दस्तावेजबाटै  कार्यालयबाट सम्पादन हुँदै आएको काममा ढिलाइ हुने गरेको छ ।
       
वीरगञ्जस्थित नापी कार्यालयमा नक्सा, पुराना स्रेस्तालगायत काजगात पुरानै दस्तावेजीकरणअनुसार रहेका छन् । यी सबै काजगात हालसम्म पनि कम्प्युटरमा दस्ताबेजीकरण हुन नसक्दा कार्यसम्पादनमा कठिनाइ हँुदै आएको कार्यालयका प्रमुख नापी अधिकृत नारायणकुमार श्रेष्ठले जानकारी दिए । सबै काजगात आवश्यकताअनुसार कम्प्युटरमा दस्ताबेजीकरण गर्न आवश्यक छ । 
 
कार्यालय भाडाका तीन भवनमा सञ्चालन हुँदै आएको छ  । कार्यालयमा हाल २५ कर्मचारी कार्यरत छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै