• २०८१ बैशाख १३ बिहीबार

गुगलले भारती एयरटेलमा एक अर्ब डलर लगानी गर्ने

kharibot

काठमाडौँ । गुगलले भारती एयरटेलमा एक अर्ब डलर लगानी गर्ने भएको छ ।

गुगलको यो निर्णयले एयरटेललाई डिजिटल कभरेज बढाउन मद्दत गर्ने विश्वास गरिएको छ । भारती एयरटेलले यो जानकारी दिएको छ ।

सम्झौता अनुसार गुगलले ७० करोड डलर लगानी गरेर भारती एयरटेलको १.२८ प्रतिशत सेयर लिनेछ । यसबाहेक गुगलले आगामी दिनमा वाणिज्य सम्झौतामा ३० करोड डलर लगानी गर्नेछ ।

भारतीय मिडियाहरुका अनुसार गुगलले भारती एयरटेलको १.२८ प्रतिशत सेयर ७३४ रुपैयाँ प्रति सेयरको मूल्यमा खरिद गर्नेछ । एयरटेलद्वारा जारी विज्ञप्ति अनुसार गुगलले सस्तो फोनहरू विकास गर्न र ५जी प्रविधिको अनुसन्धान गर्न भारती एयरटेलसँग मिलेर काम गर्नेछ ।

भारती एयरटेलमा हाल मित्तल परिवार र एयरटेलको प्रवर्तक समूह सिंगटेलको ५५.९३ प्रतिशत हिस्सा छ । मित्तल परिवारको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २४.१३ प्रतिशत हिस्सा छ भने सिंगटेलको ३१.७२ प्रतिशत हिस्सा छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै