• २०८१ बैशाख ७ शुक्रबार

बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण 

kharibot

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घले दुई सय जना कुष्ठ रोग बिरामीलाई न्यानो कपडा र स्वास्थ्य सामग्री वितरण गरेको छ । जापानको द निप्पोन फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा रहेका बिरामीलाई सहयोग गरिएको हो । 

नेपाल पर्वतारोहण सङ्घका प्रमुख कार्यकारी अधिकृत कुलप्रसाद राईले आश्रममा रहेको बिरामीलाई ज्याकेट, ब्लाङ्केट, स्यानिटाइजर, डिट्टोल साबुन र मास्क वितरण गरिएको जानकारी दिए । दक्षिणकाली नगरपालिका–२ का वडाध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्ठरोग निवारण सङ्घका प्रशासकीय अधिकृत जीतबहादुर हमाल र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामालगायत  सङ्घका पदाधिकारीहरुले कपडा र स्वास्थ्य सामग्री वितरण गरेको थियो । 

सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रितले खुसी व्यक्त गरेको थियो । फाउन्डेसन र सङ्घले कुष्ठ प्रभावितलाई निरन्तर सहयोग गरेकामा बिरामी उमाप्रसाद तिवारीले धन्यवाद दिए । सङ्घका अध्यक्ष लामाले ‘द निप्पोन फाउन्डेसनको सहयोगले  जाडो मौसममा केही सहयोग पु¥याउने ध्येयले कुष्ठ प्रभावितलाई सामग्री वितरण गरेको जानकारी दिएका छन् ।  
    
जुममार्फत कार्यक्रममा सहभागी भएका फाउन्डेसनका वरिष्ठ निर्देशक सेको मासातोले पनि सहयोग महत्वपूर्ण हुने बताए ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै