• २०८१ बैशाख ७ शुक्रबार

बारामा दुर्घटनामा दाजु भाईको मृत्यु मृत्यु

kharibot

बारा । भारतीय स्कारपिओको ठक्करबाट बुधवार राती बाराको कलैयामा दुई दाजुभाईको मृत्यु भएको छ । मदिराको सेवन गरेर तिब्र गतिमा कुदाएको स्कारपिओले कलैया–बिरगंज सडकखण्ड अन्तरर्गत कलैया उपमहानगरपालिका २५ विजय आयल स्टोर्स नजिकै विपरित दिशाबाट आउँदै गरेको मोटरसाईकललाई ठक्कर दिदा दाजु भाईको मृत्यु भएको हो ।

ठक्करबाट गम्भिर घाईते भएका कलैया उपमहानगरपालिका ५ निवासी ५५ वर्षिय सितल साह र उनका कान्छा भाई ४० वर्षिय नरेश साहको उपचारको क्रममा बिरगंज स्थित नेशनल मेडिकल कलेजमा बुधवार राती करिब साँढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । 

मृतक दुबै दाजु भाई सिसहनिया चोकमा रहेको पसलबाट कलैया भरतचोक नजिकै रहेको घरमा फर्किने क्रममा दुर्घटनामा परेका थिए ।

कलैयाबाट वीरगंजतर्फ जाँदै गरेको बि.आर.०५ ए.आर. ५१५१ नम्बरको भारतीय नम्बरको स्कारपिओले दुबै दाजुभाई सवार ना.८.प.८८६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको डिएसपी थापाले जानकारी दिए ।

ठक्कर दिने भारतीय स्कारपिओका चालक भारत रक्सौल निवासी २४ वर्षिय अरविन्द गिरी सहिँत ५ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा चालक पता लागेको डिएसपी थापाले बताए ।

मोटरसाईकललाई ठक्कर दिदा अनियन्त्रित बनेको स्कारपिओ घटना स्थलभन्दा करिब एक सय मिटर पश्चिम सडकभन्दा दक्षिण पट्टीको खेतमा आँफै दुर्घटनामा परेको थियो ।

खाल्डो खेतमा झरेको जिपमा ठुलो क्षति भए पनि त्यसमा सवार एयर ब्यागको कारण सकुशल जोगिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएकाहरु मध्ये चालकको पहिचान खुले पछि अन्य व्यक्तिरुलाई छाडिएको डिएसपी थापाले जानकारी दिए ।

चालकले मादक पदार्थ सेवन गरी तिब्र गतिमा स्कारपिओलाई कुदाएकै कारण उक्त दुर्घटना हुँन गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

चालकले मदिरा सेव गरी जिप चलाएको मेडिकल रिपोर्टबाट देखिएको डिएसपी थापाले जानकारी दिए । दुर्घटनामा संलग्न मोटरसाईकललाई समेत नियन्त्रणमा लिईएको र घटना बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

मृतक दुबैको शव नेशनल मेडिकल कलेज मैं परिक्षण गरी अन्तिम संस्कारको लागि आफन्तको जिम्मा लगाईएको थियो । 

मृतक दाजु भाईको शव यात्रा एकै साथ निकालिएको थियो । शव यात्रा पछि हिन्दु परम्परा अनुसार दुबै जनाको कलैयामा दाह संस्कार परिवारजनले गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै