• २०८१ बैशाख १४ शुक्रबार

अमेरिकी अर्थतन्त्रमा दशकौंपछि तिब्र वृद्धि !

kharibot

काठमाडौँ । अमेरिकी अर्थतन्त्र पछिल्लो एक दशकमा सबैभन्दा राम्रो अवस्थामा पुगेको छ । कोरोना महामारीका कारण भएको बन्दाबन्दी (लकडाउन) को सुस्तताको अर्थतन्त्रले पुनः गति लिएको हो ।

अमेरिकी वाणिज्य विभागको आधिकारिक तथ्याङ्कले अर्थतन्त्र ५.७ प्रतिशतले वृद्धि भएको देखाएको छ, जुन सन् १९८४ पछिको उत्कृष्ट प्रदर्शन हो ।

तर, सरकारले प्रोत्साहन प्याकेजमा खर्च घटाएको र अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाएकोले यस वर्ष आर्थिक वृद्धिको गति सुस्त हुने विज्ञहरूले अनुमान गरेका छन् ।

यसबाहेक अमेरिकी अर्थतन्त्र पनि मुद्रास्फीति र ओमिक्रोनजस्ता नयाँ कोरोना भाइरसको जोखिममा भने रहेको छ ।

विश्व बैंकको अनुमान अनुसार यो वर्ष अमेरिकी अर्थतन्त्र ३.७ प्रतिशतको दरले वृद्धि हुने छ ।

क्यापिटल इकोनोमिक्सका वरिष्ठ अमेरिकी अर्थशास्त्री एन्ड्रयु हन्टरका अनुसार अमेरिकामा ओमिक्रोनको लहरको अर्थ सन् २०२२ को शुरुमा अर्थतन्त्र कमजोर रहनेछ र आर्थिक वृद्धि वर्षभरि केही हदसम्म निराशाजनक हुन सक्ने छ ।

सन् २०२० मा कोरोना महामारी र लकडाउनका कारण अमेरिकी अर्थतन्त्रमा गिरावट आएको थियो । अमेरिकाको जीडीपी ३.४ प्रतिशतमा झरेको थियो ।

तर, सरकारबाट प्रोत्साहन प्याकेज पछि, अर्थतन्त्रले २०२१ मा ठूलो पुनरागमन गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै