• २०८१ बैशाख ६ बिहीबार

एप्पलका उत्पादनको बिक्री बढ्यो

kharibot

काठमाडौँ । माइक्रोचिपको विश्वव्यापी अभाव भए पनि क्रिसमसको समयमा एप्पलको बिक्री बढेको देखिएको छ । एप्पलको बिक्री अक्टोबर र डिसेम्बरको बीचमा ११ प्रतिशतले बढेर १२३.९ बिलियन डलर पुगेको छ ।

बजार बन्द भएपछि कम्पनीको शेयर मूल्य चार प्रतिशतले उकालो लागेकोले कम्पनीले प्राप्त गरेको बृद्धिलाई निरन्तरता दिने प्रतिवेदनमा उल्लेख छ ।

कोरोना महामारीका बेला मानिसहरुले अनलाइनमा बढी समय बिताएको कारण एप्पलको बिक्री बढेको हो ।

विज्ञहरूले गत वर्ष चेतावनी दिएका थिए कि माइक्रोचिपको विश्वव्यापी अभावले एप्पलको बिक्रीलाई असर गर्न सक्छ ।

तर, बिहीबार कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई त्रैमासिक तथ्याङ्कको बारेमा जानकारी गराएको छ, जसले कम्पनी यो संकटबाट जोगिएको देखाउँछ ।

एप्पलको उत्पादन ‘म्याक’ को बिक्री १२ प्रतिशत र ‘आईफोन’को बिक्री ९ प्रतिशतले बढेको छ ।

विज्ञहरूले आईप्याडको बिक्री सबैभन्दा बढी प्रभावित हुने अनुमान गरेका थिए र आईप्याडको मात्रै बिक्रीमा १४ प्रतिशतले गिरावट आएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै