• २०८१ बैशाख १३ बिहीबार

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच वार्ता, रसियाविरुद्ध के निर्णय भयो ?

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनप्रति आफ्नो समर्थन रहेको दोहोराएका छन् ।

युक्रेनका राष्ट्रपति किभ भोलोदिमिर जेलेन्सिकीसँगको टेलिफोन वार्तामा रसियासँगको विवादमा बाइडेनले युक्रेनप्रतिको आफ्नो समर्थन दोहोराएका हुन् ।

युक्रेनमा रसियाली सैन्य दवावको विरुद्धमा बाइडेनले एकीकृत पश्चिमा मोर्चा खडा गर्ने प्रयासमा छन्, जसका कारण मस्को क्रुद्ध बनेको छ । हाल एक लाख भन्दाबढी रसियाली फौज युक्रेनको सीमानजिक तैनाथ छन् । 

जेलेन्सिकीसँगको वार्तामा बाइडेनले रसियाले युक्रेनमाथि थप अतिक्रमण गरे आफ्ना गठबन्धन र साझेदार देशहरुको सहयोगमा निर्णायक जबाफ दिने आश्वासन दिएका थिए । 

सो अवसरमा बाइडेनले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखन्डताप्रति अमेरिकी प्रतिबद्धतामासमेत जोड दिएका थिए । 

वार्तामा रसियाको दबाबबीच युक्रेनलाई थप आर्थिक सहयोग प्रदान गर्ने विषयमा वासिंगटनले अध्ययन गरिरहेको बाइडेनले बताएका थिए । 

सो अवसरमा युक्रेन तनाब बढिरहेका बेला त्यहाँबाट आफ्ना नागरिकलाई स्वदेश फर्किन अमेरिकाले गरेको आह्वानको युक्रेनका राष्ट्रपतिले आलोचना गरेका थिए । त्यसको जबाफमा बाइडेनले अमेरिकी दूतावास खुला रहने र पूर्ण रुपमा काम गर्ने विश्वास दिलाएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै