• २०८१ बैशाख ८ शनिबार

कस्तो छ लता मंगेशकरको स्वास्थ्य अवस्था ?

kharibot

काठमाडौँ । बलिवुड गायिका लता मंगेशकर अहिले पनि मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा उपचाररत रहेकी छन् ।

लता मंगेशकरको आधिकारिक ट्विटर एकाउन्टबाट उनको स्वास्थ्यको बारेमा जानकारी दिइएको छ । लता मंगेशकरको स्वास्थ्यमा सुधारको संकेत देखिएको तर उनी चिकित्सकको टोलीको निगरानीमा रहने बताइएको छ । उनको उपचारको नेतृत्व डा. प्रतिमा समदानीले गरेकी छिन् ।

लता मंगेशकरलाई ८ जनवरीमा हल्का लक्षणसहित कोरोना संक्रमण देखिएको थियो । उनलाई दक्षिण मुम्बईको ब्रीच क्यान्डी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो, त्यसबेलादेखि उनको आईसीयूमा उपचार भइरहेको छ ।

उनको परिवारले पनि ट्वीटर मार्फत स्वास्थ्यको अपडेट दिइरहेका छन् । हालै परिवारको तर्फबाट लता मंगेशकरको स्वास्थ्यसँग सम्बन्धित कुनै पनि अफवाह नफैलाउन र त्यसबाट बच्न आग्रह गरिएको थियो ।

भारतीय सिनेमाकी चर्चित गायिका लता मंगेशकरले सन् १९४२ मा १३ वर्षको उमेरमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले भारतीय भाषामा ३० हजारभन्दा बढी गीत गाइसकेका छन् । लता मंगेशकरलाई भारत रत्न र दादासाहेब फाल्केबाट सम्मानित गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै