• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ मा अन्यतर्फ काँग्रेसका गोपाल बस्नेत गोला प्रथाबाट विजयी

kharibot

विराटनगर । प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको निर्वाचनमा नेपाली काँग्रेसका गोपाल बस्नेत गोलाप्रथाबाट निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको थियो ।

एमाले उम्मेदवार बराल र काँग्रेस उम्मेदवार बस्नेतले ४४८८ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतभार बराबर भएपछि गोला प्रथा गर्दा बस्नेत निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।

बस्नेतले प्रदेशसभाका ५० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ११६ मत प्राप्त गरेका थिए भने बरालले प्रदेशसभाबाट ३८ र स्थानीय तहबाट १४८ मत प्राप्त गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै