• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराउदै एमालेका शेर्पा विजयी

kharibot

विराटनगर । प्रदेश १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन् ।

प्रदेश १ को अल्पसङ्ख्यकतर्फ शेर्पाले प्रदेशसभाका ४२ जना र स्थानीय तहका १५२ जनप्रतिनिधिको मत पाउदै विजयी भएका हुन् । उनको मतभार ४ हजार ७५२ भएको छ ।

त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेका जसपाका हेमराज राईले प्रदेश सांसदको ४९ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरेका थिए । उनको कूल मतभार ४ हजार ३८६ रहेको छ ।

प्रदेशमा गठबन्धनतर्फ धेरै मत रहेपनि राईले सो मत हासिल गर्न नसक्दा एमाले उम्मेदवार शेर्पा विजयी भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै