• २०८१ बैशाख ८ शनिबार

भारतको गणतन्त्र दिवसमा मोदीको टोपीको चर्चा !

kharibot

काठमाडौँ । भारतको ७३औं गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले टोपी लगाएको विषय अहिले चर्चामा रहेको छ । यसपटक गणतन्त्र दिवसमा मोदीले लगाएको टोपीको चर्चा सामाजिक सञ्जालमा सुरु भएको छ ।

सामाजिक सञ्जालमा मोदीले लगाएको टोपी उत्तराखण्ड राज्यको भएको बताइएको छ । यसलाई ब्रह्मकमल टोपी पनि भन्ने गरिन्छ । ब्रह्मा कमल उत्तराखण्डको राज्य फूल हो । मोदीले गणतन्त्र दिवसमा उत्तराखण्डको टोपी लगाउनुलाई यस राज्यमा हुन गैरहेको विधानसभा चुनावसँग जोडेर विश्लेषण गरिएको छ ।

गणतन्त्र दिवसको समारोहमा रक्षा राज्यमन्त्री अजय भट्टले पनि त्यही टोपी लगाएका थिए । अजय भट्ट नैनीताल, उत्तराखण्डबाट लोकसभा सांसद हुन् । यस गणतन्त्र दिवसमा प्रधानमन्त्री मोदी सेतो कुर्ता, ज्याकेट, उत्तराखण्डी टोपी र मणिपुरी लुगामा देखिएका थिए ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले आफ्नो राज्यको सम्पदा अपनाएकोमा प्रधानमन्त्री मोदीलाई धन्यवाद दिए ।

यद्यपि पीएम मोदी प्रायः यस्ता स्टाइलहरूमा देखिने गर्दछन् । यसअघिका स्वतन्त्रता दिवस र गणतन्त्र दिवसमा मोदी रंगीन कपडाहरुमा देखिएका थिए तर यसपटक उनी उत्तराखण्डी टोपीमा देखिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै