काठमाडौँ उपत्यकामा थपिए २९ सय संक्रमित, सक्रिय संक्रमित कति छन् ?
खरीबोट
२०७८ माघ १२ बुधबार
प्रतिनिधि तस्बीर
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २९ सय कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा २०४१ जना, ललितपुरमा ५६६ जना र भक्तपुरमा २९३ जना गरि कुल २९०० जना संक्रमित थपिएका हुन् ।
त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ५५ हजार ८०९ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ४० हजार १२, ललितपुर जिल्लामा १० हजार ६९ र भक्तपुर जिल्लामा ५ हजार ७२८ रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५ हजार ५७१ र एन्टीजेन परिक्षणबाट २८८३ गरि कुल ८ हजार ४५४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४४३३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.२ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १७१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ५४९ पिसिआर र ६८१० नमुना एन्टीजेन परिक्षण गरि कुल २० हजार ३५९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ६७ पुगेका छन् । त्यस्तै आइसीयुमा २५१ जना छन् भने देशभर ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा १८१९ जना छन् भने होम आइसोलेसनमा ८८ हजार २४८ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।