• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रियसभामा सुदूरपश्चिमबाट महिलातर्फ एकीकृत समाजवादीकी शाह विजयी

kharibot

धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी उम्मेदार गरिमा शाह (मदनकुमारी शाह)  निर्वाचित भएकी छन् ।

बुधबार दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनले कुल मतभार  ३८३४ रहेको छ । 

उनले नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापालाई पराजित गरकी हुन् । थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाएकी छन् ।

निर्वाचन आयोगले शाहको जितको औपचारिक घोषणा गर्न बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै