धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी उम्मेदार गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित भएकी छन् ।
बुधबार दिउँसो भएको मतगणना अनुसार उनले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाइन् । उनले कुल मतभार ३८३४ रहेको छ ।
उनले नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापालाई पराजित गरकी हुन् । थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाएकी छन् ।
निर्वाचन आयोगले शाहको जितको औपचारिक घोषणा गर्न बाँकी छ ।