• २०८१ बैशाख ११ मंगलबार

नेपालमा २४ घण्टामा ८ हजार ४५४ संक्रमित थपिए, ५ जनाको मृत्यु

kharibot

काठमाडौँ । नेपालमा थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ५ हजार ५७१ र एन्टीजेन परिक्षणबाट २८८३ गरि कुल ८ हजार ४५४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४४३३ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १७१ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १३ हजार ५४९ पिसिआर र ६८१० नमुना एन्टीजेन परिक्षण गरि कुल २० हजार ३५९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ६७ पुगेका छन् । त्यस्तै आइसीयुमा २५१ जना छन् भने देशभर ४८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १८१९ जना छन् भने होम आइसोलेसनमा ८८ हजार २४८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६७२ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै