• २०८१ बैशाख १२ बुधबार

आज सुनको मूल्य प्रतितोला चार सयले बढ्यो

kharibot

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको छ । मंगलबार पनि सुनको मूल्य पाँच सय रुपैयाँले बबढेको थियो । महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजारमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय रुपैयाँ कायम भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै