• २०८१ बैशाख १२ बुधबार

मौरिससविरुद्धको खेलको टिकट दर एक हजार र ५०० तोकियो

kharibot

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ । 

१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँको टिकट दर तोकेको एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण खेलका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न रंगशालामा एक तिहाइ दर्शकलाई मात्र अनुमति दिइने एन्फाले जनाएको छ ।

दुबै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै