• २०८१ बैशाख ६ बिहीबार

काठमाडौँ उपत्यकामा ६१७२ संक्रमित थपिए, सक्रिय संक्रमित कति छन् ?

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१७२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ४८७५   जना, ललितपुरमा ७८२ जना र भक्तपुरमा ५१५ जना गरि कुल ६१७२ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै हाल काठमाडौँ उपत्यकामा कुल ५६ हजार ८८२ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँ जिल्लामा ४१ हजार ६३३, ललितपुर जिल्लामा ९ हजार ६६८ र भक्तपुर जिल्लामा ५ हजार ५८१ रहेका छन् ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ९ हजार ४३२ र एन्टीजेन परिक्षणबाट २५७६ गरि कुल १२ हजार ८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३०४० जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८९.२ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १६५ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १८ हजार १०३ पिसिआर र ७८०६ नमुना एन्टीजेन परिक्षण गरि कुल २५ हजार ९०९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार ९३४ पुगेका छन् । त्यस्तै आइसीयुमा २४५ जना छन् भने देशभर ४४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १८१७ जना छन् भने होम आइसोलेसनमा ८७ हजार ११७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६६७ पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै