काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको मंगलबार नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
कोभिड संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।
आइसियुमा उपचाररत दाहालको पछिल्लो अवस्था सुधारोन्मुख रहेकोले उनलाई घरजाने सल्लाह दिइएको उनको उपचारमा संलग्न डा. बाबुराम पोखरेलले बताए । यद्यपि, कोभिडको असर कम भए लगत्तै थप उपचारका लागि अस्पताल आउन सल्लाह दिइएको उनले बताए ।