• २०८१ बैशाख १३ बिहीबार

मार्सियलले म्यानचेस्टर युनाइटेड छोडे, लोनमा सेभियाबाट खेल्ने

kharibot

काठमाडौँ । एन्थोनी मार्सियल अन्ततः म्यानचेस्टर युनाइटेडबाट लोनमा स्पेनिस क्लब सेभिया गएका छन् ।

लामो समयदेखि मार्सियल युनाइटेडमा खेल समय नपाएका कारण असन्तुष्ट रहेका थिए ।

मार्सियलले आफ्नो पारिश्रमिक घटाउन तयार हुदै युनाइटेड छोडेर सेभिया जाने निर्णय गरेको बताइएको छ ।

युनाइटे यस सिजनको अन्त्यसम्म मार्सियललाई सेभियामा लोनमा पठाउन सहमत भएको हो ।

मिडिया रिपोर्टका अनुसार दुवै क्लब सहमत भएपछि मार्सियल विहिबारदेखि सेभियामा प्रशिक्षणका लागि उपलब्ध हुने बताइएको छ ।

सेभियाले चार महिनाको ऋणको लागि ५-६ मिलियन युरो तिर्ने भएको छ, जुन युनाइटेडमा मार्सियलको पारिश्रमिकको आधा भन्दा पनि कम हो ।

२६ बर्षिय फ्रेन्च फरवार्ड मार्सियल २०१५ देखि युनाइटेडमा रहेका छन् । उनले यस सिजनमा केबल ११ खेल खेल्ने अवसर पाए भने एक गोल गरेका छन् । अहिलेसम्म युनाइटेडका लागि २६९ खेल खेलेका मार्सियलले ७९ गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै