• २०८१ बैशाख ११ मंगलबार

पाकिस्तानका अफ्रिदी बने आईसीसी क्रिकेटर अफ द इयर

kharibot

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर साहिन शाह अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित भएका छन् ।  सन् २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २२ दशमलव २० को औसतमा ७८ विकेट हात पारे ।

गत वर्ष विशेषतः अफ्रिदीले टेस्ट र टी-२० क्रिकेटमा निकै राम्रो छाप छोडे । टी-२० विश्वकपमा आफ्नो ‘पिक प्वाइन्ट’ मा रहेका अफ्रिदीले प्रतियोगितामा विश्व क्रिकेटका हस्तिहरूलाई पछि पारे ।

पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्दा अफ्रिदीले ६ खेलमा सात विकेट लिए । गत वर्ष क्रिकेटको सबैभन्दा सानो संरचनामा २१ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २३ विकेट लिए ।

विश्वकपमा चिरप्रतिद्वन्द्वी भारतविरुद्धको उनको स्पेल सबैभन्दा स्मरणीय रह्यो । चार ओभरमा ३१ रन खर्चिएर तीन विकेट लिँदा उनको बलमा पभेलियन फर्किने ब्याटरमा भारतीय टोलीका तत्कालीन कप्तान विराट कोहलीसहित ओपनरद्वय रोहित शर्मा र लोकेश राहुल थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै