• २०८१ बैशाख ७ शुक्रबार

संकटलाई हराउदै मच्छिन्द्र रारा गोल्डकपको सेमिफाइनलमा

kharibot

पोखरा । मछिन्द्र क्लव पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र सेमिफाइनल प्रवेश गरेको हो । 

मछिन्द्रको जितमा मेसुके ओलामोउले २ तथा उत्सव राई र अभिषेक गुरुङले १-१ गोलको योगदान दिए । 

संकटाका लागि गणेश हमालले सान्त्वना गोल फर्काए । खेलको १३ औं मिनेटमा उत्सवको गोलबाट अघि बढेकाे मछिन्द्रका लागि ४७ ओैं मिनेटमा मेसुकेले दोस्रो गोल गरे । खेलको ६३ औं मिनेटमा गणेशले गोल गर्दै संकटालाई २–१ को स्थितिमा ल्याए । अभिषेकले ८४ औं मिनेटमा र ८६ औं मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो तथा टीमका लागि चौथो गोल हिर्काए । २ गोल गरेका मेसुके खेलको म्यान अफ द म्याच भए ।

मछिन्द्रले अब सेमिफाइनलमा एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै