काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेप्सेमा पहिरो गएको छ । सोमबार नेप्से १००.१० अंकले घटेर २८२०.४१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
त्यस्तै सोमबार २२८ कम्पनीको एक लाख १३ हजार २०५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ८ अर्ब ८८ करोड ८५ लाख बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अपि हाइड्रोको भएको छ । यस कम्पनीको आज ३८ करोड ३४ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै एनाइसि एसिया बैंकको ३६ करोडभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै उपसूचकको मुल्य घटेको छ ।
नेप्सेका अनुसार आज विकास बैंकको सबैभन्दा बढी ४.५० प्रतिशतले घटेको छ भने हाइड्रो उपसूचकको ४.४५ प्रतिशतले घटेको छ ।
त्यस्तै आज वीन नेपाल लघु वित्त र बुद्ध भूमि नेपाल हाइड्रोको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।
त्यस्तै आज कर्णाली विकास बैंक, माउन्टेन हाइड्रो, आशा लघुवित्त र ओरियन्टल होटलको मुल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ ।