• २०८१ बैशाख १३ बिहीबार

दुई ग्राण्डस्लाम विजेता हालेप अस्ट्रेलियन ओपनबाट बाहिरीइन्

kharibot

काठमाडौँ । दुई पटकको ग्राण्डस्लाम विजेता सिमोना हालेप अस्ट्रेलियन ओपनबाट बाहिरिएकी छिन् । मेलबर्नमा सोमबार सम्पन्न खेलमा फ्रान्सकी एलिज कोर्नेटसँग तीन सेटमा पराजित हुदै हालेप प्रतियोगिताबात बाहिरिएकी हुन् ।

३२ डिग्री सेल्सियसको तापक्रममा कोर्नेटले ६-४, ३-६ ६-४ ले जितेर पहिलो पटक कुनै मेजरको क्वार्टरफाइनलमा पुगेकी छन् ।

रोमानियाकी १४औँ वरियताकी हालेप, २०१८ मा फाइनलमा पुगेकी थिइन् ।

विश्व नम्बर ६१ कोर्नेटले सेमिफाइनलमा स्थानका लागि अमेरिकाकी २७औँ वरियताकी डेनियल कोलिन्ससँग प्रतिस्पर्धा गर्नेछिन् ।

कोलिन्सले बेल्जियमकी १९औं वरियताकी एलिस मर्टेन्सलाई ४-६, ६-४, ६-४ ले हराए।

त्यसपछि सोमबार बेलारुसकी दोस्रो वरियताकी आर्यना साबालेन्काले इस्टोनियाली काइया कानेपीसँग र पोल्याण्डकी सातौं वरियताकी इगा स्विटेकले सोराना सर्स्टेयासँग खेल्नेछिन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै