• २०८१ बैशाख १२ बुधबार

एम्बाप्पेलाई रियल म्याड्रिड जान इब्राहिमोविचको सल्लाह

kharibot

काठमाडौँ । एसी मिलानबाट खेल्ने स्विडेनका ४० बर्षिय स्ट्राइकर जलाटन इब्राहिमोविचले पिएसजीका खेलाडी किलियन एम्बाप्पेलाई रियल म्याड्रिड जान सल्लाह दिएका छन् ।

एलइक्विपसँग कुरा गर्दै इब्राहिमोविचले एम्बाप्पेले मलाई सोधे भने म उनलाई रियल म्याड्रिड जाने सल्लाह दिने थिए भनेका छन् ।

यसअघि एम्बाप्पेले पटक पटक रियल म्याड्रिडबाट खेल्ने आफ्नो सपना रहेको बताउदै आएका छन् तर पिएसजीले रियल म्याड्रिडसँग एम्बाप्पेको ट्रान्सफरलाई अहिलेसम्म रोकेको बताइएको छ ।

इब्राहिमोविचले एम्बाप्पेको विषयमा टिप्पणी गर्दै यस विषयमा उनले मात्र सहि कुरा बताउन सक्ने बताउदै एम्बाप्पेलाई आफ्नो देश बाहिर गएर खेल्न आग्रह गरेका छन् । उनले भनेका छन्- 'मैले विभिन्न देशमा विभिन्न टोलीबाट खेल्ने अवसर पाएँ, यसैले मैले सिके र हुर्कें। घरमा खेल्दा तपाईंको सम्पूर्ण करियर सजिलो हुन्छ ।'

एम्बाप्पेको पिएसजीमा यस सिजनको अन्त्यसँगै सम्झौता सकिदै छ भने उनले सम्झौता नवीकरण नगरेको अवस्थामा उनी नि:शुल्क ट्रान्सफरका लागि उपलब्ध हुने छन् । रियल म्याड्रिड भने कुनै पनि हालतमा एम्बाप्पेलाई भित्र्याउने तयारीमा छ भने पिएसजीले अहिले पनि उनलाई रोक्ने प्रयासमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै