• २०८१ बैशाख ११ मंगलबार

प्रचण्डपत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै

kharibot

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई कोरोना संक्रमण भएको छ ।

सीतालाई कोरोना संक्रमण भएपछि केही दिनअघि ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ । 

स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई आइतबार आईसीयूमा राखेर उपचार भइरहेको छ ।

सीता लामो समयदेखि अस्वस्थ रहेकी छन् । यस अघि प्रचण्डलाई पनि कोरोना संक्रमण भएकोमा उनलाई अहिले भने ठिक भैसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै