• २०८१ बैशाख ८ शनिबार

तनावका बीच अमेरिकाले युक्रेनलाई दियो ९० टन सैन्य सहायता

kharibot

काठमाडौँ । युक्रेनको विषयमा अमेरिका र रुसबीच तनाव बढिरहेको बेला अमेरिकाले युक्रेनलाई ठुलो संख्यामा हतियार सहयोग गरेको छ । सीमामा ठूलो संख्यामा रुसी सेना तैनाथ गर्ने क्रममा अमेरिकाले युक्रेनलाई ९० टन ‘सैन्य सहायता’ पठाएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अमेरिकाले युक्रेनलाई सैन्य सहायता स्वीकृत गरेपछि किभ पुगेको यो पहिलो खेप हो र यसमा सीमामा तैनाथ सैनिकहरूका लागि हतियार पनि समावेश छ ।

किभले अमेरिकाबाट यो सैन्य सहायता त्यस्तो बेला पाएको थियो जब यसका विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यसै हप्ता युक्रेनको भ्रमण गरेका थिए ।

यसै क्रममा ब्लिन्केनले रुसलाई युक्रेनमा आक्रमण गरे त्यसको ठोस जवाफ दिने चेतावनी दिएका छन् । मस्कोले युक्रेनमा आक्रमण गर्ने कुनै योजनाको खण्डन गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले डिसेम्बरमै युक्रेनलाई २० करोड डलरको सुरक्षा सहायता प्याकेज स्वीकृत गरेका थिए ।

कीभस्थित अमेरिकी दूतावासले भने कि यो खेपले युक्रेनको आत्मरक्षाको सार्वभौम अधिकारप्रति वासिङ्टनको दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताएको छ ।

अमेरिकी दूतावासले भनेको छ- 'रूसी आक्रमणको बिरूद्ध युक्रेनको सशस्त्र सेनाको क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासमा संयुक्त राज्य अमेरिकाले सहयोग गर्न जारी राख्नेछ ।'

युक्रेनका रक्षामन्त्री ओलेक्सी रिज्निकोभले सहयोगका लागि अमेरिकालाई धन्यवाद दिएका छन् । रुसी विदेशमन्त्री र उनका अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच युक्रेनको विषयमा भएको वार्ताको केही घण्टापछि अमेरिकाबाट सैन्य सहायताको खेप आइपुग्यो ।

रुसले सन् २०१४ मा युक्रेनको हिस्सा रहेको क्रिमियालाई पनि गाभेको थियो । त्यसयता युक्रेनी सेना र रुस समर्थित विद्रोहीबीच जारी द्वन्द्वमा १४ हजारभन्दा बढी मानिस मारिएका छन् भने करिब २० लाख मानिस घरबार छोड्न बाध्य भएका छन् ।

अहिले अमेरिकालगायत धेरै देशले रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् र सीमामा करिब १ लाख रुसी सैनिक तैनाथ छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै