• २०८१ बैशाख ६ बिहीबार

आइपिएलको मेगा अक्सनमा दर्ता भएका १५ नेपाली खेलाडी को को छन् ?

kharibot

काठमाडौँ । यस वर्षको आईपीएलको मेगा अक्सन फेब्रुअरी १२ र १३ मा हुँदैछ । शनिबार, भारतीय क्रिकेट कन्ट्रोल बोर्डले  मेघा अक्सनका लागि कुल १२ सय १४ खेलाडीहरूको सूची जारी गरेको छ ।

यी खेलाडीमध्ये ८९६ भारतीय र ३१८ विदेशी खेलाडी छन् । दुई दिनसम्म चल्ने यस मेगा लिलामीमा १० टोलीको सहभागिता रहनेछ । लिलामीमा २७० क्याप्ड खेलाडी, ९०३ अनक्याप्ड खेलाडी र ४१ एसोसिएट देशका खेलाडी दर्ता भएका छन् ।

आइपिएलको मेगा अक्सनमा नेपालबाट १५ खेलाडी दर्ता भएका छन् । अफगानिस्तानबाट २०, अस्टेलियाका ५९, बंगलादेशका ९, इङल्याण्डका ३०, आयरल्याण्डका ३, न्यूजिल्याण्डका २९ खेलाडी दर्ता भएका छन् ।

त्यसैगरी दक्षिण अफ्रिकाका ४८, श्रीलंकाका ३६, वेस्टइन्डिजका ४१, जिम्बाबेका २, भूटानक एक, नामिबियाका ५, नेदरल्याण्डका १, ओमानका एक, स्कटल्याण्डका एक, युएईका एक र अमेरिकाका १४ खेलाडी मेगा अक्सनका लागि दर्ता भएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जानकारी दिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन्दीप लामिछानेसहित १५ खेलाडी आइपिएलको मेगा अक्सनका लागि दर्ता भएका छन् ।

जसमा सन्दीप लामिछाने, आसिफ सेख, पवन सराफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशान भारी, आरिफ सेख, अविनाश बोहोरा, बिनोद भण्डारी, शरद भेसवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी रहेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै