काठमाडौँ उपत्यकामा थपिए ५३०६ संक्रमित, सक्रिय संक्रमित कति पुगे ?
खरीबोट
२०७८ माघ ८ शनिबार
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा ३७६२ जना, ललितपुरमा १११० जना र भक्तपुरमा ४३४ जना गरि कुल ५३०६ जना संक्रमित थपिएका हुन् ।
हाल काठमाडौँ उपत्यकामा कुल ४७०२४ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा ३४१५९ जना, ललितपुरमा ८२२० जना र भक्तपुरमा ४७०२४ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८२१२ र एन्टीजेन परिक्षणबाट २०४२ गरि कुल १०२५४ जना संक्रमित थपिएको जानकारी दिएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९०.७ रहेको मन्त्रालयले जनाएको छ ।
देशभर अहिले १४९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १४४६२ पिसिआर र ५७२५ नमुना एन्टीजेन परिक्षण गरि कुल २०१८७ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७२ हजार ८६२ पुगेका छन् । त्यस्तै आइसीयुमा २१० जना छन् भने देशभर ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
त्यस्तै संस्थागत आइसोलेसनमा १६०१ जना छन् भने होम आइसोलेसनमा ७१ हजार २६१ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५१ पुगेको छ ।