• २०८१ बैशाख ७ शुक्रबार

कृषि विकास बैंक ५५ औ वर्षमा प्रवेश 

kharibot

काठमाडौँ । कृषि विकास बैंक ५५ औ वर्षमा प्रवेश गरेको छ । कृषि विकास बैंकको ५५ औ वार्षिक उत्सव समारोहको भव्यताका साथ भचुर्यल माध्यमबाट माननिय अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले समुदघाटन गगरेका हुन् । 

यस समारोहका प्रमुख अतिथी माननिय अर्थमन्त्रीले बैंकको ५५ औ वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको विमोचन समेत गरेका छन् । वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै समारोहका प्रमुख अतिथी तथा माननिय अर्थमन्त्री जनार्दन शर्माले कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडी सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय संचालन गर्न निर्देशन दिएका छन् । 
कृषि विकास बैंक स्थापनाकाल देखि हाल ५५ औ वर्षसम्ममा सफलतापूर्वक ल्याई पु¥याउनु हुने सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक वधाई तथा धन्यवाद दिंदै आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गरेका छन् । 

वार्षिक उत्सव कार्यक्रमका विशिष्ठ अतिथी तथा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंक   पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकको रुपमा संचालन भएता पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफनो बैकिङ्ग व्यवसाय संचालन गर्दै आइरहेको बताए। गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा बाणिज्य बैकिङ्ग लगायत कषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिदै सफलताको शुभकामना व्यक्त गरेका हुन् । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले भर्चुयल तथा प्रत्यक्ष उपस्थित सम्पूर्ण आदरणीय अतिथिहरुलाई हार्दिक स्वागत अभिवादन गर्दै बैंकका गतिविधिहरु क्रमशः करिव १५ लाख निक्षेप ग्राहीको १ खर्व ५८ अर्व निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिव १ खर्व ७५ अर्व कर्जा प्रवाह गरेकोमा करिव ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह, सुन कर्जा, सुन खरिद बिक्री, बिदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोवार , ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, शेयरधितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ्ग सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपिएस, अनलाईन बैंकिङ्ग खाता खोल्ने,आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ्ग मार्फत युटिलिटी पेमेन्ट र करिव ३ लाखको हाराहारीमा रहेका शेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको लगायतका विषय माथि प्रकाश पार्दै बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पु¥याउनुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकायहरु, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गरे ।  

बैंकलाई सदैव विश्वास गर्ने एवं सहयोग पु¥याउने सम्पूर्ण ग्राहक वर्ग, संचालक समिति तथा सहकर्मी कर्मचारी मित्र, बैंकमा क्रियाशिल युनियनहरुप्रति धन्यवाद ज्ञापन गरेका छन् । बैंकको प्रगति एवं समृद्धिका लागि योगदान गरेका  बैंकका पूर्व कर्मचारी तथा पदाधिकारीहरु प्रति आभार व्यक्त गर्दै २० बर्ष र २५ वर्ष सेवा अवधि पूरा गरी आज पुरस्कृत हुने कर्मचारी साथीहरु, उत्कृष्ट कर्मचारीहरु,उत्कृष्ट ग्राहकहरुलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै