• २०८१ बैशाख ४ मंगलबार

शक्ति गौचनलाई हराउदै हरिबहादुर थापा बने रुपन्देही क्रिकेट संघको अध्यक्ष

kharibot

काठमाडौं । हरि बहादुर थापा रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

आफ्नो निकटतम प्रतिद्वन्दी नेपाल क्रिकेट टोलीका पूर्वसदस्य समेत रहेका शक्ति गौचनलाई २४ मतले पछि पार्दै नेपाल क्रिकेट संघ (क्यान) निकट रहेका थापा विजयी भएका हुन् । 

हरिले ६४ मत पाए भने शक्तिले ४० मत पाएका थिए । शक्ति पूर्वखेलाडीको रुपमा अध्यक्ष पदमा लडेका थिए ।

यस्तै,उपाध्यक्ष पदमा धिरज अधिकारी क्षेत्री, सचिवमा सञ्जय गुरुङ र कोषाध्यक्षमा निरज प्रताप खाँड निर्वाचित भए । 

सदस्यहरुमा महिलातर्फ उमा अधिकारी निर्विरोध भईन् । भरत थापा, विजय सिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदय कुमार मल्लिक, कमल पाण्डे र श्रीराम नेपाली निर्वाचित भएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै