• २०८१ बैशाख ७ शुक्रबार

पीएम कप जितेको एपीएफलाई पाँच लाख र उपविजेता पुलिसलाई तीन लाख पुरस्कार

kharibot

काठमाडौँ । विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा बुधबार टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो । 

दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे पनि पुलिसले फाइनलसम्म आफ्नो अपराजित यात्रा कायम राख्न सकेन ।  पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए ।  यस्तै दिलीप नाथले २३ बनाउँदा अनिल शाह १० रन र आरिफ शेख १२ बनाए । 

एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिए । उस्तै अविनास बोहरा, अमर रौटेला र दिपक बोहाराले समान १ विकेट लिए । 

यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट विकेट गुमाएर १५८ रनको योगफल तयार पर्यो ।  

एपीएपका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे । यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे । 

पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले दुई विकेट लिए भने, योगेन्द्र सिंह कार्की र आरिफ शेखले एक एक  विकेट लिए ।

दुवै टोलीले यसअघिका सबै खेलमा अपराजित रँहदै फाइनल यात्रा तय गरेका थिए । १६ पुसदेखि सुरु भएको प्रतियोगितामा समुह‘ए’ र ‘बी’मा तीन विभागीय र सात प्रदेश गरेर १० टोलीको सहभागिता थियो । 

प्रतियोगिताको विजेता टोली एपीएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गर्यो । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै