• २०८१ बैशाख ६ बिहीबार

रुसले कुनैपनि बेला युक्रेनमाथि हमला गर्न सक्ने अमेरिकाको चेतावनी

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । अमेरिकाले रुसले कुनैपनि बेला युक्रेनमाथि हमला गर्न सक्ने चेतावनी दिएको छ ।

ह्वाइट हाउसले रुसले युक्रेनी सीमामा ठूलो संख्यामा सेना पठाएको र उसले "जुनसुकै बेला युक्रेनमा आक्रमण" गर्न सक्ने बताएको हो । ह्वाइट हाउसका प्रवक्ता जेन साकीले युक्रेनको अवस्था निकै खतरनाक बन्दै गएको बताएकी छन् ।

उनले विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार आफ्ना रुसी समकक्ष सर्गेई लेभरोभसँग यस विषयमा छलफल गरेको बताउदै दुई नेताहरू जेनेभामा छिट्टै भेट्न सहमत भएको बताएकी छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार यो बैठक शुक्रबार बस्ने भएको छ । यसअघि ब्लिन्केनले युक्रेन र युरोपेली देशका प्रतिनिधिसँग भेटघाट गरिरहेका छन् ।

साकीले भनिन्- 'हामीलाई अवस्था अत्यन्त खतरनाक छ भन्ने विश्वास छ । हामी अहिले रूसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने चरणमा छौँ । समाधान गर्न सकिन्छ । अब यो रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी नागरिकले चाहेको निर्णय गर्ने हो ।'

त्यस्तै नेटोले पनि रुसले युक्रेनविरुद्ध कुनै कारवाही गरे त्यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले सैन्य गठबन्धनले युक्रेनलाई समर्थन गर्नेछ र यसको आत्मरक्षाको अधिकारलाई समर्थन गर्ने बताएका छन् ।

उनले रुसले युक्रेनमा आक्रमण गरे आर्थिक र राजनीतिक प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले रुससँग छलफल गर्न र यसको सुरक्षा चासो बुझ्न चाहेको पनि बताए ।

रुसी विदेशमन्त्री सर्गेई लेभरोभले तनावको बढ्दो चिन्ताका बीच रुसलाई गलत ढंगले प्रस्तुत गरिएको बताएका छन् । सिमानामा सैनिक अभ्यास भइरहेको उनको भनाइ छ । तर अमेरिकाले सैनिकको संख्या 'सामान्यभन्दा बढी' रहेको बताएको छ ।

त्यस्तै फ्रान्स र जर्मनीको मध्यस्थतामा युक्रेनको डोनबास क्षेत्रमा जारी तनाव अन्त्य गर्न सन् २०१४ मा मिन्स्क सम्झौता भएको थियो । रुसले युक्रेनलाई कहिल्यै नाटोको हिस्सा नबनाउने ग्यारेन्टी चाहेको छ ।

यस प्रकरणमा यो विषय याद गर्न आवश्यक छकी रूसले पाइपलाइनहरू मार्फत जर्मनीलाई ठूलो मात्रामा ग्यास आपूर्ति गर्दछ र यी पाइपलाइनहरू युक्रेन हुँदै जान्छन् । तनाव बढ्यो भने जर्मनीमा ग्यास आपूर्तिमा अवरोध आउन सक्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै