• २०८१ बैशाख ६ बिहीबार

नेपाल–जर्मनी विकास सहयोगबारे छलफल

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्कासँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत थोमस प्रिन्जले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् ।   

त्यस अवसरमा उनीहरूबीच विकास सहयोग, व्यापार, लगानी र द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार आदानप्रदान भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री खड्काले कोभ्याक्स सुविधामार्फत ४१ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएकामा जर्मनीप्रति कृतज्ञता व्यक्त गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै