• २०८१ बैशाख ११ मंगलबार

कृषि विकास बैंकद्धारा लिदै आएको शुल्कमा आर्कषक छुट 

kharibot

काठमाडौँ । कृषि विकास बैंकले आफ्नो ५५ औं बार्षिकोत्सवको सु–अवसरमा आफ्ना सेवा ग्राहीहरुलाई डिजिटल प्रोडक्ट तथा अन्य सेवाहरुमा आकर्षक छुट प्रदान गर्ने निर्णय गरेको छ । 

बैंकले मिति २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म बैंकमा खाता भएका तर हाल सम्म मोवाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, भिसा डेविटकार्ड, डिम्याट,सि–आश्वा, मेरो शेयर र लकर सेवा नलिएका साथै २०७८ माघ ७ गते देखि फागुन ७ गते सम्म नयाँ खाता खोली उल्लेखीत सेवा लिने ग्राहकहरुलाई सेवा शुल्कमा ५० प्रतिशत छुट दिने र चेतनशील नारी बचत खाता भएका वा खोल्ने ग्राहकहरुलाई लकर सेवामा ७५ प्रतिशत सम्म छुट दिने व्यवस्था गरेको छ । 

सो अवधिमा बैंकले उपलव्ध गराएको अवसरको सदुपयोग गर्न सम्पूर्ण ग्राहकहरुलाई बैंकले अनुरोध समेत गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै