• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डोलाई फिफाको विशेष अवार्ड

kharibot

काठमाडौँ । म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई फिफाले विशेष अवार्ड दिएको छ । २०२१ मा रोनाल्डोको प्रदर्शनलाई सम्मान गर्दै फिफाले विशेष अवार्ड दिएको बताएको छ ।

यस बर्ष ३६ वर्षिय रोनाल्डोले पुरुषको अन्तर्राष्ट्रिय गोलकर्ताको सूचीमा नयाँ किर्तिमान बनाउदै यस अघि इरानमा अलि दाइँको रेकर्डलाई तोडेका थिए । रोनाल्डोले अहिलेसम्म अन्तर्राष्ट्रिय फुटबलमा ११५ गोल गरेका छन् ।

पोर्चुगलका लागि ११५ गोल गरेका रोनाल्डोले क्लब फुटबलमा कुल ६८७ गोल गर्दै आफ्नो क्यारियरमा अहिलेसम्म ८०२ गोल गरेका छन् ।

रोनाल्डोले आफ्नो क्यारियरमा स्पोर्टिङ सीपी, म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड र युभेन्टसबाट खेल्दै यो नयाँ किर्तिमान बनाएका हुन् ।

रोनाल्डोले जुरिचमा आयोजित कार्यक्रममा विशेष अवार्ड पाएपछि आफुले कहिल्लै पनि सबै भन्दा बढी गोल गर्ने रेकर्ड तोड्छु भनेर नसोचेको बताए ।

पाँच पटकको बालोन डो ओर विजेता रोनाल्डो २०२१ को फिफाको द बेष्टको अन्तिम मनोनयनमा भने परेका थिएनन् । फिफाको द बेस्टको अवार्ड लियोनेल मेसी र मोहमद सलाहलाई पछि पार्दै पोल्याण्डका बायर्न म्युनिखबाट खेल्ने फरवार्ड रोबेर्ट लेवानडोस्कीले जितेका छन् ।

रोनाल्डो हाल इन्जुरिका कारण म्यानचेस्टर युनाइटेडको अन्तिम दुई खेलहरूमा अनुपस्थित रहेका थिए । उनी इन्जुरीबाट ठिक भएर युनाइटेडको टिममा फर्किने तयारीमा रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै