• २०८१ बैशाख ११ मंगलबार

स्वाथ्यकर्मीबीच विवाद हुदा रतनपुर स्वास्थ्य चौकीका सेवाग्राही प्रभावित

kharibot

बारा । स्वाथ्यकर्मीबीच विवाद हुदा बाराको निजगढ नगरपालिका वडा नम्बर ११ स्थित स्वास्थ्य चौकीबाट सेवा नपाएर सर्वसाधारण मर्कामा परेका छन । रतनपुर स्वास्थ्य चौंकीका स्वास्थ्यकर्मी लामो समयदेखि विवाद चल्दै आएको र सेवा पनि प्रभावित बनेको हो ।

झण्डै एक वर्षअघिदेखि उनीहरुबीच चल्दै आएको आपसी द्धन्द अहिले भने निजगढ नगर कार्यपालिकाको कार्यालय सम्मआई पुगेको छ । स्वाथ्यकर्मीबीच बिवाद न्यूनीकरण गर्न नगरपालिकाले बैठक बोलाएपछि बैठकमा सहभागी हुन स्वाथ्यकर्मीहरु स्वास्थ्य चौकीनै ताला लाएर नगरपालिका आएका कारण सेवा प्रभावित भएको थियो भने विरामी सेवाग्रही अलपत्र परेका थिए ।  

रतनपुर स्वास्थ्य चौंकी सञ्चालनमा आएको दुईवर्ष बढी भयो । रतनपुरका जनताले स्वास्थ्य चौंकी पाएपनि कर्मचारीहरु बिचको मनभेदले सेवा भने पाउन सकेका थिएनन ।

यसअघि किशोरी यादवले सो स्वास्थ्य चौंकीको इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएको र सो १ वर्षअघि स्वास्थ्य चौकी नया भवनमा सरेको दिनेश परियारले इन्चार्ज सम्हाल्दै आएका छन । परियारले जिम्मेवारी सम्हान्न थालेसंगै कर्मचारीबीच विवाद शुरु भएको निजगढ नगरपालिका वडा नं. ११ वडा अध्यक्ष एंव स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर रुम्वाले बताए । यादव अहिले पनि सोही स्वास्थ चौकीमा कार्यरत छन ।

यादब र परियारबीचको बढेको विवादलाई निजगढ नगरपालिका र नगर स्वास्थ्य शाखाले बेलैमा समाधान गर्न चासो नदेखाउदा अहिले स्वास्थ्य चौंकीको सम्पूर्ण सेवा बन्द गर्दै ताला बन्दी हुने अवस्थामा पुगेको हो । अनमी बानो लगायत अन्य चौकीका स्वास्थ्यकर्मी र कर्मचारीले बाहालवाला इन्चार्ज दिनेश परियारले स्वास्थ्य चौंकीलाई मनोमानी ढंगले चलाउदै आएको आरोप आरोप लगाएका छन ।

यस स्वास्थ्य चौकीका इन्चार्ज परियारले कर्मचारी, स्वास्थ्यकर्मीलाई असलब्यवहार प्रर्दशन नगरेकै कारण समस्या सिर्जना भई रहेको अर्को आरोपित पूर्व इन्चार्ज किशोरी राययादवले लगाए ।

यता आफुले स्वास्थ्य चौंकीको सेवालाई राम्रो गर्न लागि परे पनि एकथरि कर्मचारी, स्वास्थ्य कर्मीहरुले आफु माथि लगाईएका आरोप गलतर निराधार भएको जिकीर इन्चार्ज दिनेश परियारको छ ।

दुबै पूर्व इन्चार्ज यादव र बाहालवाला इन्चार्ज परियार बिचको जो सुकै आपसी विवाद रहेपनि कार्यालयमा कार्यरत सबै कर्मचारीहरुलाई समान मित्रवत ब्यवहार गर्नुपर्नेमा इन्चार्ज परियारले सो नगर्ने र एकथरि मातहतका कर्मचारीहरुको समस्या, पिडालाई ध्यानै नदिने गरेको त्यहा कार्यरत अनमी नाज्माबानो सहित ५ जनाले इन्चार्ज परियार विरुद्ध उजुरी सहितको निवेदन वडा कार्यालय र निजगढ नगरपालिकामा दिएका छन् ।

यता यी समस्यालाई समाधान हुने गरि निजगढ नगरपालिले ३ सदस्यीय छानविन समिति गठन गरिको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कुमार कार्कीले बताए ।

निजगढ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रमेश लामाको सयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरि सो समितिले ७ दिन भित्र प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै