• २०८१ बैशाख १२ बुधबार

ईन्द्रावतीमा भुकम्प स्मारक र भृकुटी शान्ती पार्कको शिलान्यास

kharibot

सिन्धुपाल्चोक । ईन्द्रावती गाँउपालीकामा भुकम्प स्मारक र भृकुटी शान्ती पार्कको शिलान्यास भएको छ ।

गाँउपालीकाको वडा नम्बर ४ मा यी संरचना बन्ने भएका छन् । शिलान्यास कार्यक्रमको अवसरमा ईन्द्रावती गाँउपालीकाका अध्यक्ष वशंलाल तामाङले भने- 'ईन्द्रावती गाँउपालीकालाई ऐतीहासिक रुपमा चिनाउनु नै हाम्रो पहीचान हो ।

यस्ता खाले संरचनाले आउने भावी पुस्ताले अध्ययन, अनुसन्धान गर्ने ठाँउको रुपमा यो ठाँउलाई चिन्नेछन् । यो नै हाम्रो लागी गौरबको कुरा हो ।' गाँउपालीकाले ऐतीहासिक रुपमा अघि सारेको योजनाहरुमा उपलब्ध श्रोतलाई मध्यनजर गर्दै काम गरीरहेको पनि अध्यक्ष तामाङले जानकारी दिए । पर्यटकीय स्थल अन्र्तगत पार्क बनाउन लागेको उनले बताए । थामन ह्युल्साको रुपमा चिनीएको ठाँउलाई अब भृकुटी पार्कको रुपमा चिनाउन लागेको उनले बताए ।

यसका साथै २०७२ सालको भुकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा भुकम्प स्मारक बनाईएको उनले जानकारी दिए ।

नेपाल चिनको दौत्य सम्बन्ध रहेको समयमा भृकुटीको विवाहमा यही बाटो प्रयोग गरेको किम्बदन्ती रहेको छ । सोही किम्बदन्तीको आधारमा हालसम्म भएका अभिलेखको आधारमा भृकुटी पार्क निर्माण हुन लागेको गाँउपालीकाले जानकारी दिएको छ ।

पहीलो चरण अन्र्तगत संस्कृती पर्यटन तथा नागरीक उढ्ययन मन्त्रालयको ७० प्रतीशत र ईन्द्रावती गाँउपालीकाको ३० प्रतीशत लागतमा सो पार्क बन्न लागेको हो । टप एसएन, नवोदय आरडीआर जेभी जोरपाटी काठमाण्डौंले सो पार्कको निर्माणको लागी ठेक्का सम्झौता गरेको छ ।

यसका साथै भर्खरै सम्पन्न ईन्द्रावती गाँउपालीकाको १० औं गाँउसभाले सिपाघाट, ज्यामीरेमाने, नवलपुर ओखरेनी सडकमार्गलाई भृकुटी मार्ग नामाकरण गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै