• २०८१ बैशाख १४ शुक्रबार

इलामको चिया कारखानामा आगलागी

kharibot

इलाम । इलामको सूर्योदय नगरपालिका-४ मा रहेको अन्तुभ्याली चिया उद्योगमा आगलागी भएको छ । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । 

आगलागीका कारण चिया प्रशोधन युनिट जलेर नष्ट भएको छ भने कार्यालय भवनसहित अन्य संरचनामा जोगाउने प्रयन्त भइरहेको छ । आगलागी नियन्त्रणको लागि गएको वारुण यन्त्रको पानी सकिएपछि नजिकै रहेको अन्तु पोखरीबाट पानी ल्याएर आगो नियन्त्रणको प्रयास भइरहेको स्थानीय रुद्र घिमिरेले जानकारी दिएका छन् । 

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । अन्तु भ्याली निजी क्षेत्रमा स्थापना गरिएको पुरानो उद्योगहरू मध्येमा पर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै