• २०८१ बैशाख ७ शुक्रबार

मछिन्द्रको जितमा विमलको दुई गोल, शीर्ष स्थानमा चार अंकको अग्रता

kharibot

काठमाडौं । स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।

खेलको ५६औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए ।  त्यसपछि खेलको ८४औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बाले तेस्रो गोल गरेका थिए भने इन्जुरी समयको दोस्रो मिनेटमा अभिषेक रिजालले मछिन्द्रका लागि चौथो गोल गरेका थिए । 

यो जितपछि मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अंक बढी हो । 

ब्रिगेड ब्वाइज भने ९ खेलमा ६ अंकसहित १२औं स्थानमा छ । 

च्यासल युथ क्लबका नौ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थिगित भएको छ । आज बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै