• २०८१ बैशाख ८ शनिबार

लकडाउनमा पार्टी प्रकरण: बेलायतको प्रधानमन्त्रीको कार्यालयले महारानीसँग माफी माग्यो

kharibot

काठमाडौँ । बेलायती प्रधानमन्त्रीको कार्यालयले लकडाउनको समयमा पार्टी गरेकोमा महारानी एलिजावेथ द्वितीयसँग  माफी मागेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास ‘१०, डाउनिङ स्ट्रिट’ मा कर्मचारीले दुई पार्टी आयोजना गरेको विषय बाहिर आएपछि प्रधानमन्त्री बोरिस जोनसनमाथि राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्रीको कार्यालयले बकिङ्घम प्यालेससँग माफी मागेको हो ।

लण्डनबाट प्रकाशित ‘द टेलिग्राफ’ को रिपोर्ट अनुसार २०२१ को अप्रिल १६ रातिदेखि विहानसम्म करिब ३० जनाको सहभागितामा पार्टी गरिएको खुलासा भएको थियो । विश्वभर कोरोना महामारी फैलिएको र बेलायतमा धेरै प्रतिबन्धहरू लागु भइरहेका बेला यी पार्टीहरू आयोजना गरिएकोले थियो । 

बेलायती प्रधानमन्त्री जोनसन भने यी दुवै पार्टीमा सहभागी नभएपनि उनको कार्यालयले स्वास्थ्यको मापदण्ड उलंघन गरेको आरोप लगाइएको छ ।

प्रधानमन्त्रीको कार्यलय '१० डाउनिङ स्ट्रिट' ले यसअघि कर्मचारीको 'विदाई भाषण' आयोजना गरिएको बताएको थियो । बेलायतका प्रधानमन्त्रीले भर्खरै आफ्नो सरकारी निवास ‘१०, डाउनिङ स्ट्रिट’ मा आयोजित मदिरा पार्टीका लागि माफी मागेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै