• २०८१ बैशाख ४ मंगलबार

भारतलाई हराउदै टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको कब्जा

kharibot

काठमाडौँ । दक्षिण अफ्रिकाले भारतविरुद्धको तीन खेलको टेस्ट सिरिज २-१ ले जितेको छ । शुक्रबार तेस्रो टेस्टमा ७ विकेटको जित हासिल गरेसँगै दक्षिण अफ्रीकाले टेस्ट सिरिजमा आफ्नो कब्जा जमाएको हो ।

भारतले दिएको २१२ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले खेलको चौथो दिन ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि भारतले टेस्टको पहिलो इनिङमा २२३ र दोस्रो इनिङमा १९८ रन बनाएको थियो । त्यस्तै दक्षिण अफ्रीकाले पहिलो इनिङमा २१० रन बनाएको थियो ।

यस अघि सिरिजको पहिलो खेल भारतले जितेको थियो भने दोस्रो खेल दक्षिण अफ्रीकाले जितेको थियो ।

टेस्ट सिरिजपछि अब दक्षिण अफ्रीका टूरमा रहेको भारतीय टिमले तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल जनवरी १९ मा हुने हुने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै