• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौँ उपत्यकामा २४ घण्टामा २६०७ संक्रमित थपिए, सक्रिय संक्रमित १० हजार नाघे

kharibot

प्रतिनिधि तस्बीर

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा १९१३ जना, ललितपुरमा ३७७ जना र भक्तपुरमा ३१७ जना गरि कुल २६०७ जना संक्रमित थपिएका हुन् ।

हाल काठमाडौँ उपत्यकामा कुल १०८११ सक्रिय संक्रमित रहेका छन् । जसमा काठमाडौँमा ७६२५ जना, ललितपुरमा १९३५ जना र भक्तपुरमा १२५१ जना सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा थप ५०८७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४२०४ र एन्टीजेन परिक्षणबाट ८८३ गरि कुल ५०८७ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै