• २०८१ बैशाख ६ बिहीबार

उत्तर कोरियाले बाइडेन प्रशासनलाई दियो चेतावनी

kharibot

काठमाडौँ । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई लिएर अमेरिकाले लगाएको नयाँ प्रतिबन्धप्रति कडा ‘प्रतिक्रिया’ हुने चेतावनी दिएको छ ।

‘हाइपरसोनिक’ मिसाइलको पछिल्लो परीक्षणपछि अमेरिकाले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाएको थियो ।

उत्तर कोरियाको सरकारी मिडियाका अनुसार उत्तर कोरियाले यी प्रतिबन्धहरूको लागि अमेरिकाको आलोचना गर्दै 'कडा प्रतिक्रिया' दिने चेतावनी दिएको छ ।

कोरियाको केन्द्रीय समाचार एजेन्सीका अनुसार, विदेश मन्त्रालयका प्रवक्ताले जनवरी १४ मा अमेरिकी प्रतिबन्धहरू 'उत्तेजक' भएको बताएका थिए । यस्तो अवस्थामा उत्तर कोरियाले 'आफ्नो आत्मरक्षाको अधिकार' प्रयोग गर्न सक्छ ।

'यदि संयुक्त राज्य अमेरिकाले टकरावको दृष्टिकोण अपनायो भने, उत्तर कोरिया कडा प्रतिक्रिया दिन बाध्य हुनेछ'  विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जनवरी १३ मा उत्तर कोरियाले 'ध्यान खिच्न' थप मिसाइल प्रक्षेपण गर्न सक्ने बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै